ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेशन निरीक्षण
जलसरोकार
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषास्थित ढल्केवर सबस्टेशनको निरीक्षण गरेका छन् । देशकै सबैभन्दा ठूलो अन्तरदेशीय प्रसारण लाइन रहेको उक्त सबस्टेशनको बिहिबार स्थलगत अवलोकन गर्दै मन्त्री खड्काले प्रसारण लाइनको अवस्था र सञ्चालन प्रक्रियाबारे विस्तृत जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई कार्यक्षमता वृद्धि र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिए । उनले विद्युत् आपूर्ति प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउन उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।
सबस्टेशनको अवस्थाबारे जानकारी लिएपछि मन्त्री खड्काले आगामी दिनमा आवश्यक नवीकरण र विस्तारका उपायहरू अपनाउँदै उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।
निरीक्षण भ्रमणमा नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव, ढल्केवर ग्रीड सबस्टेशनका प्रमुख सूर्यनारायण मण्डलसहित सम्बन्धित अधिकारीहरूको सहभागिता थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्