ऊजामन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा र पूर्वाधारमा सहयोगबारे छलफल
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटमा स्विस सहयोगमा सञ्चालनमा रहेका आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन सहयोगका सम्भावित क्षेत्र, स्विस लगानी र द्विपक्षीय सहयोगबारे विस्तृत छलफल भएको थियो ।
स्विस सरकारको नेपालप्रतिको सहयोगका लागि धन्यवाद दिंदै मन्त्री घिसिङले भने, “जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गर्नु, आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण गर्नु र सुशासन कायम गर्दै युवामा आशा जगाउनु हो ।”
उनले स्विट्जरल्याण्डसँग विद्युतीय सवारी साधन प्रवद्र्धन, घरायसी प्रयोजनमा विद्युत्लाई इन्धनको रूपमा प्रयोग गर्न प्रोत्साहन, सडक यातायातमा सुरुङ प्रविधिको अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्धन, साथै साना उद्योगमार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिममा सहयोग उपलब्ध गराउन आग्रह गरे ।
हाल स्विस सरकारको सहयोगमा नेपालमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारीमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालनमा छन् ।
राजदूत मेउलीले नेपाललाई ऊर्जा र पूर्वाधार विकासमा सहयोग गर्न स्विस सरकार सधैं तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह