हिउँदयामअघि देशभर विद्युत् आपूर्ति सुदृढ बनाउन ऊर्जामन्त्री घिसिङको निर्देशन
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले देशभर विद्युत् आपूर्ति व्यवस्थित र भरपर्दो बनाउन तत्काल कदम चाल्न निर्देशन दिएका छन् ।
हाल विभिन्न क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधानका लागि मन्त्रालय, प्राधिकरण र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको भन्दै मन्त्री घिसिङले अल्पकालीनदेखि दीर्घकालीन योजनासम्म ठोस कार्यान्वयन गर्न आदेश दिएका हुन् ।
बाढी–पहिरोका कारण क्षति पुगेका विद्युत् संरचनाको मर्मतलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले विद्युत् गृहहरू पूर्ण क्षमतामा सञ्चालन गर्न, सबस्टेसनहरू र प्रसारण लाइनको भार व्यवस्थापन सन्तुलित राख्न निर्देशन दिए ।
मन्त्री घिसिङले हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन र मस्र्याङ्दी करिडोरको २२० केभी लाइनको निर्माण कार्यमा ढिलाइ अस्वीकार्य भएको बताउँदै ती आयोजना निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
काठमाडौँको स्युचाटारस्थित विद्युत् केन्द्रको अनुगमनपछि उनले आगामी हिउँदयामलाई लक्षित गर्दै विद्युत् व्यवस्थापनको योजना तत्काल कार्यान्वयनमा ल्याउन सुझाव दिए ।
अनुगमनका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बाढी, पहिरोले क्षति पु¥याएका संरचनाको मर्मत कार्य जारी रहेको जानकारी दिँदै विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरण सधैं तयारी अवस्थामा रहेको बताउनुभयो।
सिलवालले स्रोतसाधनको अधिकतम उपयोग गर्दै आमजनताको सेवा गुणस्तरीय र अबाधित बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालको ऊर्जा सुरक्षा : चुनौती, अवसर र आत्मनिर्भरताको मार्ग
-
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो
-
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
-
सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना