विद्युत् प्राधिकरणमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन
जलसरोकार
काठमाडौं ः ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
विद्युत प्राधिकरणकै भवनभित्र विगतदेखि प्रयोग हुँदै आएको मन्त्री कार्यकक्षलाई बन्द गरी संस्थाको प्रयोजनका लागि प्रयोग गर्न उनले आदेश दिएका हुन् । घिसिङले जिम्मेवारी सम्हालेलगत्तै ‘अनावश्यक भौतिक संरचना र कार्यालय व्यवस्थापनलाई व्यवस्थित गर्ने’ अभियानको भागस्वरूप यस्तो कदम चालेका हुन् ।
उनका अनुसार मन्त्री कार्यकक्ष मन्त्रालयमा पर्याप्त रहेको हुँदा प्राधिकरणकै भवनलाई संस्था र सेवाग्राहीकै हितमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।
मन्त्री घिसिङको निर्देशनपछि प्राधिकरणले अब रत्नपार्कस्थित उक्त कार्यकक्षलाई आफ्नै प्रशासनिक र प्राविधिक कामका लागि प्रयोग गर्ने तयारी गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्