ऊर्जामन्त्री घिसिङ जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर दिए श्रद्धाञ्जली
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मंगलबार मन्त्री घिसिङ ललितपुर महानगरपालिका–सुन्धारास्थित महर्जनको घर पुगेका थिए । उक्त अवसरमा उनले शहीद महर्जनको परिवारजनसँग भेट गरी गहिरो समवेदना व्यक्त गरेका हुन् ।
मन्त्री घिसिङले जेनजी आन्दोलनका क्रममा जीवन आहुति दिने सबै शहीदहरूको बलिदानलाई राष्ट्रले सधैं सम्झिने उल्लेख गर्दै न्याय, शान्ति र लोकतन्त्रका लागि गरिएको योगदानलाई उच्च सम्मानका साथ कदर गर्नुपर्ने बताए ।
शहीद विनोद महर्जनको घरमा पुगेको मन्त्रीस्तरीय उपस्थितिले आन्दोलनका परिवारजनलाई थप हौसला र दृढता प्रदान गरेको स्थानीयले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्