ऊर्जामन्त्री घिसिङबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण
जलसरोकार
सिन्धुपाल्चोक: ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।
आयोजनाले व्यावसायिक उत्पादनअघि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको दोस्रो दिन सोमबार १०२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको छ ।
चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजनाको विस्तृत अध्ययन, विद्युत खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न भई निर्माण चरणमा पुगेको थियो ।
जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी तथा स्थानीय अवरोधलगायत कारणले निर्माण कार्यमा ढिलाइ भए पनि आयोजनाले अहिले पूर्ण क्षमतामा परीक्षण उत्पादन गरिरहेको छ ।





लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्