ट्रंक लाइनको बक्यौताधारी गोल्यान समूहको कार्यक्रम ऊर्जामन्त्रीद्वारा बहिष्कार
जलसरोकार
काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेर पनि बक्यौता नतिर्ने व्यापारी गोल्यान समूहको कार्यक्रम हिजो बहिष्कार गरेका छन् ।
भारतको प्रोजिल ग्रीन इनर्जी लिमिटेड र नेपालको गोल्यान पावर लिमिटेडबीच सौर्य ऊर्जा उत्पादनसम्बन्धी सहकार्य कार्यक्रमको हिजो औपचारिक उद्घाटन गरिएको थियो । गोल्यान समूहले एक राष्ट्रिय दैनिकमा ऊर्जा मन्त्री खड्काको फोटोसमेत छापेर कार्यक्रम सुरु गर्ने झ्याली पिटाएको थियो ।
तर मन्त्री खडुकाले सुजबुझपूर्ण तवरबाट बक्यौता नतिरी विवादमा परेको गोल्यान समूहले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि बन्न अस्वीकार गरे । मन्त्री खड्का कार्यक्रममै उपस्थित भएनन् ।
गोल्यानका रिलायन्स स्पिनिङ मिल्सले लोडसेडिङका बेला उद्योग चलाएबापत नेपाल विद्युत् प्राधिकरणलाई ७५ करोड ३६ लाख रुपैयाँ अझसम्म बुझाएको छैन । प्राधिकरणले उक्त मिल्ससहित बक्यौता नतिर्ने मुख्य ६ वटा उयोगहरुको लाइन पटक–पटक काटिसकेको छ ।
पछिल्लोपटक विद्युत् नियमन आयोगसमेत बक्यौताधारी उद्योगको पक्षमा उभिएर लाइन नकाट्न अवैध निर्देशन दिएको छ । आयोगको उक्त निर्देशन कहिलेसम्म कायम रहने हो भन्नेचाहिं अन्यौल छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित