‘इप्पान ऊर्जा ज्योति सम्मान-२०८२’ बाट ऊर्जा विज्ञ प्रबल अधिकारी सम्मानित
जलसरोकार
काठमाडौं : विद्युत् क्षेत्रमा योगदान पुर्याउँदै आएका ऊर्जा विज्ञ प्रबल अधिकारी ‘इप्पान ऊर्जा ज्योति सम्मान–२०८२’ बाट सम्मानित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माननीय श्री शेरबहादुर देउवा को हातबाट प्रबल अधिकारीलाई नगद एक लाख रुपैयाँ सहितको सम्मानपत्र प्रदान गरिएको हो।
समारोह होटल याक एन्ड यति, काठमाडौंमा सम्पन्न भएको थियो। सम्मान ग्रहण गर्दै अधिकारीले विद्युत् क्षेत्रको विकास र प्रवर्द्धनमा अझ उत्साहित र समर्पित हुँदै लागिरहने प्रेरणा मिलेको बताएका छन्। “आफ्नै कार्यक्षेत्रमा अप्रत्याशित खुसी मिल्नु जीवनको अनमोल क्षण हो,” उनले उल्लेख गरे।
उक्त सम्मानको निर्णय गरेकोमा इप्पानप्रति आभार व्यक्त गर्दै अधिकारीले भने, “सरकार र निजी क्षेत्रको सहकार्यबाट ऊर्जा विकासमार्फत देशको सामाजिक–आर्थिक रूपान्तरणसहितको समृद्धि सम्भव छ। यस अभियानमा सबै सरोकारवालाहरूको साथ, समर्थन र योगदान महत्वपूर्ण रहनेछ।”
ऊर्जा विज्ञ अधिकारीले जलबिद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान अत्यन्त उच्च रहेको उल्लेख गर्दै आफूले पाएको सम्मान समग्र निजी क्षेत्रलाई समर्पण गर्ने धारणा व्यक्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्