काठमाडौं बसी-बसी २५० प्रतिशतसम्म भत्ता खान नपाएपछि विद्युत् उत्पादन कम्पनीका कर्मचारीहरुले तालाबन्दी गरे
ऊर्जा मन्त्रालअन्तर्गतका कम्पनीहरुमा कर्मचारीका तलब भत्तारुपी ब्रह्मलुट
जलसरोकार
काठमाडौं : विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) का कर्मचारीहरुले काठमाडौं बसी बसी तलबका अतिरिक्त थप १५० प्रतिशतदेखि २५० प्रतिशतसम्म भत्ता खान नपाएको झोकमा आजदेखि कार्यालयमा तालाबन्दी गरेका छन् ।
भीयूसीएल सञ्चालक समितिको १९० औं बैठकले कम्पनीका कर्मचारीलाई दिइएको उक्त भत्ता (२५० प्रतिशत) को औचित्य र आधार पुष्टि हुने गरी मात्र दिने निर्णय गरेको थियो ।
हाल कम्पनीमा कार्यरत ३६ कर्मचारीमध्ये करिब १५ जनाको समूह ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन भीयूसीएल’ मा आबद्ध छन् । माओवादी निकट कर्मचारीहरुले खोलेको यो ट्रेड युनियनमा अहिले सबै दल सम्बद्ध कर्मचारीहरु छन् ।

सञ्चालक समितिले त्यति धेरै रकम बिना काम त्यो पनि काठमाडौं बसेर खाने र नेपाल सरकारका निजामती कर्मचारीको तुलनामा तेब्बर चौबर हुने गरी भत्ता खुवाउँदा भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाउन सक्ने भन्दै त्यसलाई घटाउने (बढीमा ५० प्रतिशत) र त्यसका लागि संयन्त्र बनाउने निर्णय गरेको थियो ।
सञ्चालक समितिको उक्त निर्णय कार्यान्वयनका लागि प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीले यही असोज १ देखि लागू गर्ने परिपत्र गरेका थिए ।

भीयूसीएलमा ८ तहकोले १५० प्रतिशत, ९ तहको कर्मचारीले २०० प्रतित, १० तहकोले २२५ प्रतिशत, ११ तहको २५० प्रतिशत भत्ता काठमाडौं बसी बसी खाँदै आएका थिए । यसअनुसार ८ तहको कर्मचारीले काठमाडौं बसी बसी मासिक एक लाख ५० हजार रुपैयाँ असुल्दै आएका थिए ।
यस्तै विकृति ऊर्जा मन्त्रालय मातहतमा रहेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी, जगदुल्ला हाइड्रोपावर र एचआइडीसीएलमा पनि छ । यी कम्पनीहरुमा भने ट्रेड युनियन छैन ।
यस सम्बन्धमा युनियनका अध्यक्ष राकेशराज गिरीलाई सम्पर्क गर्न खोज्दा उनले मोबाइल उठाएनन् ।

प्रमुख कार्यकारी अधिकृत शाहीले भने आफूले भीयूसीएलको सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्नु कानुनी, नैतिक दायित्व र कर्तव्य भएकाले निर्णय कार्यान्वयन गराएको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले