स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
जलसरोकार
काठमाडौँ : सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने र दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेपालमा स्वच्छ ऊर्जा प्रविधिको विकास र विस्तारमा जोड दिइएको छ । जर्मन विकास नियोग (जिआइजेड) ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालको स्वच्छ ऊर्जा भविष्यः दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्दै बजार–निर्देशित समाधानमार्फत ऊर्जा रुपान्तरण आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले दिगो ऊर्जा चुनौती कोष (सस्टेनेबल एनर्जी च्यालेन्ज फण्ड) ले नेपालमा स्वच्छ ऊर्जा भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले उक्त कोषले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरेको, नवीन प्रविधिको प्रयोग बढाएको र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न सहयोग पु¥याएको उल्लेख गरे ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो ऊर्जा चुनौती कोषजस्ता कार्यक्रमले जलवायु परिवर्तनका असर न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको धारणा व्यक्त गरे ।
जिआइजेडका कार्यक्रम प्रबन्धक डा फ्र्याङ्क फेचरले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै स्वच्छ ऊर्जा प्रवद्र्धनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दिगो ऊर्जा चुनौती कोषमार्फत साना तथा मध्यमस्तरका ऊर्जा परियोजनालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिएको जानकारी दिए । यसले स्थानीयस्तरमा उद्यमशीलता विकास, ऊर्जा पहुँच विस्तार र दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुगेको उनको भनाइ छ ।
कार्यक्रममा केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारी, उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, जर्मन दूतावासका बेन्जामिन सैडेल, राष्ट्रिय वाणिज्य बैंकका राजीवमङ्गल जोशी, नेपालस्थित बेलायती दूतावासका साम फेल, ऊर्जा विशेषज्ञ सुमन ढकाललगायत वक्ताले स्वच्छ, दिगो तथा वातावरणमैत्री ऊर्जा विकासका सम्भावना, हालसम्मका उपलब्धि र आगामी अवसरबारे धारणा राखेका थिए ।
वक्ताहरूले स्वच्छ ऊर्जामा लगानी बढाउन नीतिगत सुधार, निजी क्षेत्रको सक्रिय सहभागिता र अन्तरराष्ट्रिय साझेदारी अपरिहार्य रहेको बताएका छन् । साथै ऊर्जा क्षेत्रमा नवप्रवर्तन, प्रविधि हस्तान्तरण र स्थानीय क्षमताको विकासमा जोड दिनुपर्नेमा पनि कार्यक्रमले निष्कर्ष निकालेको छ ।
कार्यक्रममा दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सञ्चालनमा आएका परियोजनाका अनुभव, सिकाइ र सफलताका कथाहरू समेत प्रस्तुत गरिएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव