बागमती प्रदेशमा ९९.९७ प्रतिशत विद्युतीकरण
जलसरोकार
जलसरोकार
काठमाडौं ः देशको संघीय राजधानी रहेको बागमती प्रदेशका कुल १३ मध्ये ६ जिल्लामा शतप्रतिशत विद्युतीकरण भएको छ । बागमती प्रदेशको समग्र विद्युतीकरण ९९.९७ प्रतिशत पुगेको छ ।
विद्युत् प्राधिकरणको हालै प्रकाशित प्रतिवेदनअनुसार बागमतीका शत प्रतिशत विद्युतीकरण भएका जिल्लामा रामेछाप, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट र चितवन छन् ।
हालसम्म सिन्धुलीमा ९९.७६ प्रतिशत, दोलखामा ९९.९९, सिन्धुपाल्चोकमा पनि ९९.९९, काभ्रेपलाञ्चोकमा ९९.९५, रसुवामा ९९.७४ र मकवानपुरमा ९९.३३ प्रतिशत विद्युतीकरण भएको छ ।
कुल १६ लाख ९ हजार ६६ घरधुरी रहेको बागमतीमा ११ हजार ९ सय १३ वटा ट्रान्सफर्मर विद्यमान छन् । यो प्रदेशमा ३३ केभीको लाइन ८ सय ५३ किलोमिटर र ११ केभीको लाइन ११ हजार २ सय ८६ किलोमिटर छ । वितरणतर्फको एलटी लाइन भने ३४ हजार ५ सय ४५ किलोमिटर रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यो प्रदेशमा ३३÷११ केभीका १५ वटा सवस्टेशन निर्माण गरिरहेको छ । हाल ३३ वटा यस्ता सवस्टेशन छन् ।
बागमती प्रदेशमा विद्युत् प्राधिकरणको २६ वटा वितरण केन्द्र छन् । कुल १२ लाख ३७ हजार ९ सय ९७ ग्राहक रहेको बागमती प्रदेशमा प्राधिकरणले आव २०८०÷८१ मा ३३ अर्ब १६ करोड रुपैयाँ बिजुली बेचेर आम्दानी गर्यो।
प्राधिकरणले बागमती प्रदेशमा गत वर्ष ३ अर्ब ११ करोड युनिट बिजुली खपत गरेको थियो । बागमती प्रदेशभरि विद्युत् चुहावट जम्मा ५.६० प्रतिशत थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्