भोलिबाट काठमाडौंका यी स्थानमा काटिँदैछ बिजुली
जलसरोकार
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ। बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको जनाएको हो।
प्राधिकरणका अनुसार भोलि नयाँबजार फिडरअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल, ५ गते क्षेत्रपाटी फिडरअन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी धोविचौर, ठहिटी, पकानचोक, ज्याठा र कान्तिपथ, खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ।
त्यस्तै, जेठ ६ गते भीमसेन स्थान फिडरअन्तर्गत वडा नं १२ वडा कार्यालय, ह्युमत, जैसीदेवल चिँकमुगल, भीमसेनस्थान, काष्ठमाण्डप, जेठ ८ गते भीमसेनस्थान, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर, विश्वनिकेत स्कुल, वडा नं १२ वडा कार्यालयलगायत क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
माथि उल्लिखित फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्