रौतहटमा बिजुलीको ट्रान्सफरमर चोरी
जलसरोकार
काठमाडाैं- रौतहटमा बिजुलीको ट्रान्समिटर नै चोरी भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।
५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेका हुन् । ट्रान्समिटरको बोक्रा मात्र रहेको र भित्रको गुदी चोरहरुले चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए । सोमबार साँझसम्म सही सलामत रहेको बिजुलीको ट्रान्समिटर मङ्गलबार बिहान हेर्दा खोक्रो मात्र रहेको र त्यसभित्र रहेको तामा चोरहरुले निकालेर लगेको अवस्थामा पाइएको अध्यक्ष साहले जानकारी दिए।
बिजुलीको ट्रान्समिटरको भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।
रौतहट जिल्लामा यसभन्दा अघि पनि बिजुलीको ट्रान्समिटर चोरीका घटनाहरू देखा परेको भएपनि ट्रान्समिटरको तामाचोरीमा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बिजुलीको ट्रान्समिटरमा रहेको तामा महँगोमा बिक्री हुने भएका कारण चोरहरुले एकान्त स्थानमा रहेका बिजुलीका ट्रान्सफर्मरहरू निकाली त्यसभित्र रहेको तामा झिकी बिक्री वितरण गर्ने गरेको बालचनपुरका स्थानीय बासिन्दा अर्जुन चौधरीको भनाई रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मौसम पूर्वानुमानलाई सात दिनसम्म विस्तार गर्ने र काठमाडौं उपत्यकामा नयाँ राडार राख्ने लक्ष्य
-
बाढी पूर्वानुमानदेखि हिमताल अनुगमनसम्म : नयाँ जलविज्ञान केन्द्रको योजना, चुनौती र क्षमता
-
भारतमा विद्युत्को औसत मूल्य दोब्बरनजिक, डे-अहेड बजारमा प्रतियुनिट भारु ७.३०
-
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात, बंगलादेशतर्फ पनि पुनः सुरु
-
उद्योगी, समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयललाई मातृशोक
-
एमसीसीको तालमेलमा प्रश्न : लाइन तयार, सबस्टेसन अझै अधुरै