विद्युत् ट्रान्सफर्मर चोरी
जलसरोकार
सिरहा : जिल्लाको नवराजपुर गाउँपालिका–२ मा रहेको विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ । स्थानीय रामपुजन मुखियाका अनुसार कमला सिँचाइ आयोजनाअन्तरगत करिब चार वर्षअघि राखिएको रु एक करोडभन्दा बढी लागतको ५० एम्पियरको ट्रान्सफर्मर चोरी भएको हो ।
विगतमा घर, पसलमा चोरी हुने गरेकामा पछिल्लो समय सिरहामा विद्युत् ट्रान्सफर्मरसमेत चोरी भएको छ । बिहीबार राति अज्ञात समूहले उक्त ट्रान्सफर्मर चोरेको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेका हुन् । सूचना अधिकारी पासवानले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए ।
चोरीको प्रकृति हेर्दा विद्युत्सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्