विद्युत् ट्रान्सफर्मर चोरी
जलसरोकार
सिरहा : जिल्लाको नवराजपुर गाउँपालिका–२ मा रहेको विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ । स्थानीय रामपुजन मुखियाका अनुसार कमला सिँचाइ आयोजनाअन्तरगत करिब चार वर्षअघि राखिएको रु एक करोडभन्दा बढी लागतको ५० एम्पियरको ट्रान्सफर्मर चोरी भएको हो ।
विगतमा घर, पसलमा चोरी हुने गरेकामा पछिल्लो समय सिरहामा विद्युत् ट्रान्सफर्मरसमेत चोरी भएको छ । बिहीबार राति अज्ञात समूहले उक्त ट्रान्सफर्मर चोरेको जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी बाहिरी फलामे भाग फालेर ट्रान्सफर्मरभित्रको तामा र बिजुलीको तार चोरी गरेका हुन् । सूचना अधिकारी पासवानले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए ।
चोरीको प्रकृति हेर्दा विद्युत्सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?