हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने
जलसरोकार
काठमाडाैं : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले बक्यौता रकम नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्ने अभियानलाई शुक्रबार पनि निरन्तरता दिएको छ। कार्यालयले बिहीबार ५० वटा उद्योगको विद्युत् लाइन काटेपछि आज बिहान ६ बजेदेखि बाँकी उद्योगहरूको लाइन विच्छेद गर्ने कार्य जारी राखेको हो।
कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार बक्यौता असुली अभियानअन्तर्गत विद्युत् लाइन काट्ने र बक्यौता रकम बुझाएपछि पुनः जडान गर्ने कार्य सँगसँगै भइरहेको छ। उहाँले बिहीबार मात्रै १२ वटा उद्योगले बक्यौता रकम भुक्तानी गरेपछि पुनः विद्युत् लाइन जडान गरिएको जानकारी दिए ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका साना तथा ठूला उद्योगमध्ये १३१ वटा उद्योगले विभिन्न शीर्षकको बक्यौता रकम तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ। ती उद्योगलाई पटक–पटक ताकेता गर्दा पनि बक्यौता नबुझाएपछि विद्युत् लाइन काट्ने कदम चालिएको हो।
सूचना अधिकारी भण्डारीले बक्यौता नतिर्ने सबै उद्योगलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्दै बक्यौता रकम तत्काल बुझाउन सम्बन्धित उद्योगीलाई आग्रह गर्नुभयो। उहाँका अनुसार बक्यौता भुक्तानी गर्ने उद्योगको लाइन भने तत्काल पुनः जडान गरिने व्यवस्था गरिएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुलीलाई प्रभावकारी बनाउन थालेको यो अभियानबाट उद्योगहरूलाई आर्थिक दायित्व पूरा गर्न दबाब सिर्जना भएको छ। कार्यालयले सबै बक्यौता उद्योगको विवरण अद्यावधिक गर्दै अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य