प्रसारण लाइन अभावमा विद्युत् खेर जानु हुँदैन : ऊर्जामन्त्री श्रेष्ठ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइन अभावका कारण उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको आज अवलोकन गर्दै मन्त्री श्रेष्ठले ऊर्जा उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।
“प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुनुपर्छ, सरकार तपाईँहरूको साथमा छ, परिणाममुखी भएर काम गर्नुहोस्,” मन्त्री श्रेष्ठले भने ।
उनले कम्पनीलाई स्पष्ट कार्ययोजना बनाएर समयमै लक्ष्य हासिल गर्न निर्देशन दिँदै प्रसारण लाइन विस्तारमा आवश्यक बजेट र दक्ष जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री श्रेष्ठले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए ।
उक्त अवसरमा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको जलविद्युत् विकास र ऊर्जा सुरक्षाका लागि प्रसारण पूर्वाधार विस्तारमा कम्पनी सक्रिय रहेको जानकारी दिए ।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, प्रशासन शाखा प्रमुख रुद्रसिंह तामाङलगायतको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य