हावाहुरीले पोल ढालेपछि तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध
जलसरोकार
तनहुँ – हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् ।
हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।
व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन र व्यास–१३ पोखरीभञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको उनले बताए ।
यसैगरी, व्यास–११ बेल्टारीमा चारवटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ । “हुरीबतासले ठूला रुखसमेत ढालेका कारण सडक अवरुद्व भएको छ । राति १० बजेसम्म आठ–दश जनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन”, उनले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्