भूमिगत तार पड्किँदा चितवन माडीमा विद्युत् सेवा अवरुद्ध
जलसरोकार
काठमाडाैं–भरतपुर चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको हो ।
अवरुद्ध सेवा मर्मतपछि मंगलबार साँझदेखि ५ बजेसम्म सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इन्जिनियर विनोद सापकोटाले जानकारी दिए । उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए ।
आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भए पनि पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुंगो नभएको सापकोटाको भनाइ छ । ‘आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत् सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था भने छैन’, उनले भने ।
निकुञ्जभित्र ८ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सब–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इन्जिनियर सापकोटाले बताए ।
निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटकपटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । पटकपटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?