विद्युत नियमन आयोगद्वारा अनुमतिप्राप्त व्यक्तिलाई आजदेखि अनलाइनमार्फत सेवा दिन सुरु
जलसरोकार
काठमाडौं : विद्युत नियमन आयोगले आज बुधबारदेखि 'अनलाइन डकुमेन्ट म्यानेजमेन्ट सिष्टम' (डीएमएस) लागू गरेको छ ।
अनुमतिपत्र प्राप्त व्यक्तिहरुको शेयरको सार्वजनिक निष्काशन, विद्युत कम्पनीको शेयर संरचना परिवर्तन, तथा विद्युत खरिद बिक्री सम्झौतामा सहमति र संसोधनसम्बन्धी काम कारबाही तथा सेवा प्रवाहलाई छिटो-छरितो, विश्वसनीय, सेवाग्राही तथा प्रविधि मैत्री रुपले संचालन गर्न यस्तो प्रणाली लागू गरेको जनाएको छ ।
आयोगले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा सुरु गरिएको “ERC Document Management System (DMS) को शुभारम्भ तथा प्रत्यक्ष प्रदर्शन कार्यक्रम” मार्फत औपचारिक रुपमा उक्त प्रणाली लागू गरिएको जनाएको हो ।
आयोगको ५ वर्षे मार्गचित्रमा उल्लेख गरिएअनुसार आयोगमार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेवार तथा जवाफदेही बनाउन तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरु अवलम्बन गर्दै नेपाल सरकारको सार्वजनिक सेवा प्रवाहलाई Digitalize गरी कागजरहित बनाउने लक्ष्यअनुरुप प्रविधिको प्रयोग गरी सेवाग्राही मैत्री बनाउने उद्देश्यका साथ यो Online Document Management System (DMS) प्रणाली लागू गरिएको विज्ञप्ति जारी गरी जनाएको छ।
उक्त प्रणाली लागू भएसंगै अबदेखि अनुमतिपत्र प्राप्त व्यक्ति तथा सङ्गठित संस्थाहरुले आयोगबाट सम्पादन हुने सम्पूर्ण काम कारबाही यही प्रणाली मार्फत गर्न सक्नेछन्।
अनुमतिपत्र प्राप्त व्यक्ति तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाले उक्त प्रणाली आयोगको आधिकारीक वेबसाइट www.erc.gov.np मा गई गृहपृष्ठ (Homepage) मा रहेको DMS मा क्लिक गरी Online सेवा प्रयोग गर्न सकिने आयोगले उल्लेख गरेको छ।
विज्ञप्तिअनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन, सार्वजनिक सेवा प्रदायक र सेवाग्राही बीच हुने सूचना आदान प्रदानलाई थप व्यवस्थित तथा सरल बनाउन, कागजरहित नियमनको अवधारणा स्थापित गर्ने उद्देश्यका साथ आयोगद्वारा प्रविधिमैत्री पूर्वाधारहरु निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
भविष्यमा आयोगबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा काम कारबाहीलाई पूर्ण रुपले Digitalize गर्ने अभियानमा आयोग प्रतिबद्ध रहेको विज्ञप्तिमा छ।का
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै