माथिल्लो माई जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
जलसरोकार
काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड ले सञ्चालन गर्दै आएको माथिल्लो माई जलविद्युत् आयोजना (९.९८ मेगावाट) बाट विद्युत् उत्पादन बन्द गरिएको छ।
कम्पनीका अनुसार सुरुङ संरचनामा रहेको एक्सपान्सन जोइन्टमा अत्यधिक पानी चुहावट देखिएपछि मर्मत कार्य आवश्यक भएकाले विद्युत् उत्पादन रोकिएको हो। आयोजनाबाट विद्युत् उत्पादन बन्द १५ जेठ दिउँसो ३:०० बजेदेखि गरिएको कम्पनीले जनाएको छ।
मर्मत कार्यका लागि सुरुङलाई पूर्ण रूपमा पानी खाली (डिवाटर) गर्नुपर्ने भएकाले तत्कालका लागि विद्युत् उत्पादन बन्द गरिएको बताइएको छ। कम्पनीले समस्या समाधान गर्न प्राविधिक टोली परिचालन गरिएको र यथाशीघ्र मर्मत सम्पन्न गरी उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको छ।
कम्पनीले यसबाट हुन सक्ने असुविधाप्रति सरोकारवाला सबै पक्षसँग क्षमायाचना गर्दै सेवा छिट्टै नियमित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य