तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु
जलसरोकार
ताप्लेजुङ : गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावर आयोजनाको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह)लगायतका संरचनामा देखिएका प्राविधिक समस्या समाधान भएपछि उत्पादन पुनः सञ्चालनमा आएको आयोजनाको कार्यालयले जनाएको छ ।
आयोजनाका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमका अनुसार केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिएको हो ।
करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । सानिमा मिडल तमोर आयोजना हाल जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको आयोजना हो ।
आयोजनाको विद्युत् उत्पादन पुनः सुरु भएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा आपूर्ति हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य