सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु

जलसरोकार
मंगलबार, पुस २२, २०८२ | ०९:४४:४७ बजे

 

ताप्लेजुङ : गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावर आयोजनाको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह)लगायतका संरचनामा देखिएका प्राविधिक समस्या समाधान भएपछि उत्पादन पुनः सञ्चालनमा आएको आयोजनाको कार्यालयले जनाएको छ ।

आयोजनाका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमका अनुसार केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिएको हो ।

करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । सानिमा मिडल तमोर आयोजना हाल जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको आयोजना हो ।

आयोजनाको विद्युत् उत्पादन पुनः सुरु भएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा आपूर्ति हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुस २२, २०८२ | ०९:४४:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया