विद्युत उत्पादन, प्रशारण र विश्वसनीय वितरण
जलसरोकार
काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुक्खायामको ऊर्जा माग पुरा गर्न जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिने तयारी गरिएको बताएकाछन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले जलविद्युत उत्पादन र प्रशारण आयोजनामा निजी पुँजी परिचालन गर्न प्रोत्साहित गरिने बताए । आन्तरिक र अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्न प्राथमिकता दिइनेछ, उनले भने । विद्युत वितरण प्रणालीलाई आधुनिकीकरण गरी विश्वसनीय बनाइने बताए ।
उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा बचत हुने विद्युत निर्यात गर्न सहजीकरण गरिनेछ, उनले भने, ऊर्जा मिश्रणको अवधारणा अनुरूप सौर्य ऊर्जा विकासलाई प्रोत्साहित गरिने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?