सौर्य ऊर्जाबाट विद्युत् उत्पादन
जलसरोकार
कालिकोट: कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ ।
चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको हो ।
सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको रु एक करोड ३० लाख र ऊर्जा प्रवद्र्धन केन्द्रको रु दुई करोड ९२ लाख रकम र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बताए । “परियोजनामा जम्मा रु छ करोड २५ लाख खर्च भएको छ”, उनले “खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ ।”
गाउँपालिकालाई विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए । “गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन”, उनले भने,“यहाँ उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ ।”
सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए । “यहाँ उत्पादन भएको विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ”, उनले भने,“यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए
-
दोहोरो अङ्कले बढ्यो सेयर बजार
-
अँध्यारोबाट उज्यालोतर्फको यात्रा
-
विद्युत् प्राधिकरणमा मनाेज सिलवालको ७८ दिन : निर्णयहीनताबाट परिणामतर्फ
-
पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन