विद्युत् उत्पादन कम्पनीका सीइओ बखतबहादुर शाहीले राजीनामा दिए
जलसरोकार
काठमाडौं : विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) बखतबहादुर शाहीले राजीनामा दिएका छन् ।
कम्पनीका अध्यक्ष एवं ऊर्जा सचिव चिरञ्जीवी चटौत समक्ष शाहीले गत शुक्रबार राजीनामा दिएका हुन् ।
शाहीले आफ्नो स्वास्थ्यका कारण काम गर्न अप्ठेरो परेको बताए । ‘चिकित्सकले मलाई तनावरहित भई आराम गर्न भनेकाले मैले स्वास्थ्यकै कारण केही समय विश्राम लिउँ भन्ने निधो गरें,’ शाहीले जलसरोकारसित भने ।
निजी क्षेत्रका करिब एक दर्जन जलविद्युत् आयोजनाहरुका प्रमुख भूमिका निर्वाह गरी सम्पन्न गरेका शाही २०८० साउन १८ गते खुला प्रतिस्पर्धामार्फत प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्