कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
जलसरोकार
काठमाडौं : मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्न नदिन तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरिएको छ। लगातार वर्षा भइरहेका कारण जलाशयको सतह बढ्न सक्ने र त्यसबाट सम्भावित जोखिम निम्तिन सक्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग गरिरहेको हो।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको प्रक्षेपण गरेको तथा वर्षा हुने क्रम नरोकिएका कारण जलाशयको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइएको हो।
हाल कुलेखानी जलाशयको जल सतह १ हजार ५२२ दशमलव ७५ मिटर रहेको उनले जानकारी दिए । तीनवटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले जलाशयको सतह धेरै बढ्न नपाएको उनले बताए ।
कुलेखानी आयोजनाको कुल उत्पादन क्षमता १०६ मेगावाट रहेको छ। हाल पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
प्रमुख राउतका अनुसार जलाशयको जल सतह १ हजार ५२७ मिटर पुगेपछि सर्वसाधारणलाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनीस्वरूप साइरन बज्ने व्यवस्था गरिएको छ।
निरन्तर वर्षाका कारण जलाशयमा पानीको सतह बढ्ने अवस्था रहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजनाले पानीको अधिकतम उपयोग गर्दै विद्युत् उत्पादनलाई पूर्ण क्षमतामा सञ्चालन गरिरहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध