बङ्गलादेशमा विद्युत निर्यात सुरु
जलसरोकार
काठमाडौँ: नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ ।
गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।
गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो ।
आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए ।
उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैँया आम्दानी गर्नेछ । उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युतको बिक्रि दर ६.४० अमेरिकी सेन्ट प्रति युनिट रहेको छ । उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।
उर्जा क्षेत्रमा निकै दिर्घकालिन महत्व राख्ने विद्युत निर्यातले नेपालको उर्जा सन्तुलन, नेपालको जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ ।
नेपाल सरकारको उर्जा विकास मार्गचित्र–२०८१ को अवधारणा अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ ।
भारतमा पनि विद्युत निर्यात निरन्तरता
नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत निर्यातलाई निरन्तरता दिएको छ । प्राधिकरणले यसवर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ ।
जेठ १८ (जुन १) बाट १८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले हिजो शनिबारदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । नेपाल र भारत बीच भएको द्विपक्षीय सम्झौता बमोजिम यो विद्युत निर्यात को बिक्रि दर ५.२५ भारतीय रुपैया प्रति युनिट रहेको छ ।
त्यस्तै, प्राधिकरणले आज राती १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफरपुर ४०० केभी र १३२ केभी प्रशारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत खरिद बिक्रि भैरहेको छ ।
वर्षायाम लागेसँगै नेपालमा विद्युतको उत्पादन बढेकाले नेपालको आन्तरिक माग पुरा भएपछि बाँकी रहेको विद्युत भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो