विद्युत् जडित क्षमता ३१४१ मेगावाट पुग्यो, बिजुलीकाे अधिकतम् माग २०५० मेगावाट
जलसरोकार
काठमाडौं– नेपालको विद्युत् जडित क्षमता ३१४१ मेगावाट पुगेको छ । वैशाख अन्तिमसम्मको तथ्यांक अनुसार विद्युत् जडित क्षमता ३१४१ पुगेको हो । जसमा निजी क्षेत्रबाट उत्पादित १८९० मेगावाट, नेपाल विद्युत् प्राधिकरणको ५८३ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको ४९३ मेगावाट, सौर्य ऊर्जा ११६ मेगावाट, प्राधिकरणको थर्मल प्लान्ट ५३ मेगावाट र बगास ६ मेगावाट गरी ३१४१ मेगावाट पुगेको प्राधिकरणका उप–कार्यकारी निर्देशक मदन तिम्सिनाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । ।
सुख्यायाम बढेसँगै विद्युत् माग अधिकतम् २०५० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । हाल उत्पादन औषतमा १६०० मेगावाट पुगेको र यसको व्यवस्थापनको लागि कालीगण्डकी ए, मर्स्याङ्दी, माथिल्लो त्रिशूली ३ए, मोदी लगायत आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिएको प्राधिकरण जनाएको छ । जलाशययुक्त आयोजनाको रुपमा रहेको कुलेखानी अधिकतम् उपयोग गर्दा जल सतह घटेर १४९२ मिटरमा झरेको छ । फागुन–चैतको अति सुख्खायाममा माथिल्लो तामाकोसीले जडित क्षमताको १० देखि १५ प्रतिशत मात्र उत्पादन भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य