विद्युत् नियमन आयोगको 'अवैध निर्देशन' पालना गर्ने विद्युत् प्राधिकरणको निर्णय
सञ्चालकद्वय आचार्य र पुनले पुनः जनाए असहमति
जलसरोकार
काठमाडौं : विद्युत् नियमन आयोगले अवैध रुपमा दिएको निर्देशन पालना गर्दै नेपाल विद्युत् प्राधिकरणले तत्काललाई डेडिकेटेड तथा ट्रंक लाइनको बख्यौताधारी उद्योगीहरुको लाइन नकाट्ने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाएको एकजना सञ्चालकले बताए ।
प्राधिकरणले आज मंसिर १२ गते बक्यौताधारी उद्योगीहरुको लाइन काट्ने तयारी गरेका बेला आयोगले ऊर्जा मन्त्री दीपक खड्काको ‘आदेश’ शिरोपर गरी उनै खड्काले गठन गरेको अवैध कमिटीलाई बैध बनाउँदै लाइन नकाट्न हिजो लिखित निर्देशन दिएको थियो ।
यसअघि बक्यौता नउठाई लाइन जोड्ने प्राधिकरण सञ्चालक समिति बैठकमा सञ्चालयकद्वय आचार्य र पुनले ‘नोट अफ डिसेन्ट’ (असहमति) जनाएका थिए । पैसा तिराउनुपर्छ भन्ने पक्षमा उभिएका उनीहरुलाई खड्काले निष्काशन गरेका थिए । तर सर्वाेच्च अदालतले तत्काल पुनः बहाली गर्ने आदेश दिएको थियो ।
कुनै पनि ऐन र कानुनले नचिनेको ‘टीओडी मिटर कार्यदल’ गठन गरेर ऊर्जा मन्त्री खड्का बक्यौताधारी उद्योगीका पक्षमा आफूलाई खुल्लम खुल्ला उभ्याउँदै आएका छन् । ऊर्जा मन्त्री खड्काको अवैधानिक कार्यलाई प्रधानमन्त्री खड्ग प्रसाद ओलीले पनि साथ दिंदै आएका छन् ।
देशको प्रधानमन्त्री र ऊर्जा मन्त्री मिलेर २२ अर्ब राजस्व व्यापारीलाई मिन्हा गर्ने परिपञ्चमा लागिपरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्