विद्युत् नियमन आयोगको 'अवैध निर्देशन' पालना गर्ने विद्युत् प्राधिकरणको निर्णय
सञ्चालकद्वय आचार्य र पुनले पुनः जनाए असहमति
जलसरोकार
काठमाडौं : विद्युत् नियमन आयोगले अवैध रुपमा दिएको निर्देशन पालना गर्दै नेपाल विद्युत् प्राधिकरणले तत्काललाई डेडिकेटेड तथा ट्रंक लाइनको बख्यौताधारी उद्योगीहरुको लाइन नकाट्ने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाएको एकजना सञ्चालकले बताए ।
प्राधिकरणले आज मंसिर १२ गते बक्यौताधारी उद्योगीहरुको लाइन काट्ने तयारी गरेका बेला आयोगले ऊर्जा मन्त्री दीपक खड्काको ‘आदेश’ शिरोपर गरी उनै खड्काले गठन गरेको अवैध कमिटीलाई बैध बनाउँदै लाइन नकाट्न हिजो लिखित निर्देशन दिएको थियो ।
यसअघि बक्यौता नउठाई लाइन जोड्ने प्राधिकरण सञ्चालक समिति बैठकमा सञ्चालयकद्वय आचार्य र पुनले ‘नोट अफ डिसेन्ट’ (असहमति) जनाएका थिए । पैसा तिराउनुपर्छ भन्ने पक्षमा उभिएका उनीहरुलाई खड्काले निष्काशन गरेका थिए । तर सर्वाेच्च अदालतले तत्काल पुनः बहाली गर्ने आदेश दिएको थियो ।
कुनै पनि ऐन र कानुनले नचिनेको ‘टीओडी मिटर कार्यदल’ गठन गरेर ऊर्जा मन्त्री खड्का बक्यौताधारी उद्योगीका पक्षमा आफूलाई खुल्लम खुल्ला उभ्याउँदै आएका छन् । ऊर्जा मन्त्री खड्काको अवैधानिक कार्यलाई प्रधानमन्त्री खड्ग प्रसाद ओलीले पनि साथ दिंदै आएका छन् ।
देशको प्रधानमन्त्री र ऊर्जा मन्त्री मिलेर २२ अर्ब राजस्व व्यापारीलाई मिन्हा गर्ने परिपञ्चमा लागिपरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?