विद्युत् प्राधिकरणमा साढुले दिए पूर्व आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्षलाई अनधिकृत तवरमा गाडी
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको पूर्व आधिकारिक ट्रेड युनियनका अध्यक्ष तथा नेपाली कांग्रेस निकट जनार्दन भट्टराईले अझै पनि ‘आधिकारिक ट्रेड युनियन’ को अध्यक्षको हैसियत अनधिकृत तवरले प्राधिकरणको गाडी चढिरहेका छन् ।
यही जेठ ४ गते आधिकारिक ट्रेड युनियको औपचारिक अवधि समाप्त भएको थियो । उक्त अवधि समाप्त भएसँगै प्राधिकरणमा अहिले आधिकारिक ट्रेड युनियन छैन । आगामी जेठ ३० र ३१ गते कर्मचारी संघको १३ औ महाधिवेशन हुँदैछ ।

भट्टराईले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको गाडीलाई लु १ च १६०२ नम्बरको प्राडो चढ्दै आएका हुन् । उनलाई आधिकारिक ट्रेड युनियनको अध्यक्ष र प्राधिकरण सञ्चालक समितिको आमन्त्रित सदस्यको हैसियतमा गाडी दिइएको थियो । भट्टराईले प्राधिकरणको उक्त गाडीलाई रातो नम्बर प्लट राखेर प्राइभेट बनाएका छन् ।
भट्टराईले बिना हैसियत गाडी प्राप्त गर्नुमा प्राधिकरणको सामान्य सेवा विभागको पनि उत्तिकै हात छ । विभागका निर्देशक शिव आचार्य भट्टराईका साढु हुन् ।
भट्टराई अहिले उक्त गाडी लिएर देश दौडाहामा छन् । प्राधिकरणबाट काज स्वीकृत गराई गाडी लिएर आगामी चुनावका लागि दौडामा हिंडेका हुन् । सामान्य सेवा विभागमै दरबन्दी भएका भट्टराई संघको काममा बाहिर हिंड्दा विभागबाट काज (दैनिक भत्ता आउने) मा जाने गरेको स्रोतले बतायो ।
भट्टराईलाई अनधिकृत रुपमा गाडी किन दिइएको भनी सामान्य सेवा विभागका निर्देशक आचार्यलाई सोध्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा