विद्युत् प्राधिकरण कर्मचारी संघमा राजीनामा दिनेको लर्काे, व्यवस्थापनसँग अनुचित सहकार्य गरेको आरोप
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका विभिन्न पदाधिकारी तथा सदस्यहरु गरी ३६ जनाले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरुले एउटा व्यक्तिको तानाशाही शैलीमा ट्रेड युनियन मूल्य मान्यतालाई बिर्सेर ट्रेड युनियन अधिारलाई लामो अवधिसम्म व्यक्तिगत हितमा उपयोग गरिरहने, कर्मचारी हकहित बिर्सेर आन्तरिक गुट बनाई केही व्यक्तिगत फाइदा लिने आरोप राजीनामा पत्रमा लगाएका छन् ।
संघभित्र नियोजित समूह बनाई महाधिवेशनमा योग्य र ट्रेड युनियन गतिविधिमा सक्षम साथीहरुलाई पाखा लगाइरहने, व्यवस्थापनसँग अनुचित सहकार्य गरी सामूहिक सौदाबाजीका मुद्दामा समेत आफुनो फाइदाको बार्गेनिङ गर्ने, कर्मचारीका आर्थिक लगायत अलपकालीन तथा दीर्घकालीनमा विषयमा खासै चासो नदिने उनीहरुको आरोप छ ।
यसैगरी उचित सरुवा व्यवस्थापन, ज्यालादारी समस्या लगायतमा मतलब नराख्ने तथा उन्नत र सिर्जनशील विचार राख्ने आफ्नै साथीहरुलाई कारबाही गरिहाल्ने प्रवृत्ति र वतृमान कमृचारी संघको नेतृत्वले समेत विकृतिलाई निरन्तरता दिने अवस्था देखिएको भन्दै विगतमा उक्त संघको विभिन्न पदमा रहिसकेका उनीहरुले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन ।
राजीनामा दिनेहरु
इन्द्रप्रसाद न्यौपाने, गजेन्द्रसिंह थापा, महेश्वर दत्त पनेरु, पुष्पराज भट्टराई, मनोहरी बस्नेत, गौरीनाथ श्रेष्ठ, देवराज घिमिरे, संगीता अधिकारी, सन्तोष गौतम, निलप्रसाद बसौला, नारायण गौतम, सन्जीव बर्ताैला छन् ।
यसैगरी सुरेन्द्रकुमार केसी, पवन विश्व बर्मा, सन्तोष न्यौपाने, राजेश पन्थी, शेरबहादुर खड्का, दुर्गाप्साद पोखरेल, चन्द्रकला निरौला, भगवती मुडभरी, प्रेम प्रकाश श्रेष्ठ र चुतुर्भुज गौतमले पनि राजीनामा दिएका छन् ।
राजीनामा दिने अन्य सदस्यहरुमा रामकृष्ण चपाईं, लेखनाथ पाण्डे, शिवराम धिमाल, चेतराज भट्ट, कर्णबहादुर बोहरा, सहदेव थापा, टेकबादर ठकुरी विष्णु पाठक, रोहित बोहरा, वीर व नेगी, करुणकर जोशी, भुवन साहु, भोजराज पाठक र तीर्थ शर्मा छन् ।
यसअघि महिला उपाध्यक्ष संगीताकुमारी झाले पनि राजीनामा दिएकी थिइन् ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै