वीरगञ्ज नाकाबाट तीन महिनामै ६८ करोड बराबरका विद्युतीय सवारीसाधन आयात
जलसरोकार
वीरगञ्ज,: चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाका हुँदै रु ६८ करोड ५ लाख मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ९७ वटा मात्र आयात भएकाले यस वर्ष विद्युतीय सवारीसाधनको आयात उल्लेखनीय रूपमा बढेको भन्सार कार्यालयले जनाएको छ ।
भन्सारका तथ्यांकअनुसार विद्युतीय सवारीसाधनप्रतिको सर्वसाधारणको आकर्षण र चीनतर्फका नाकाबाट आयातमा देखिएको अवरोधका कारण वीरगञ्ज हुँदै हुने आयातमा वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा यी सवारीसाधनबाट मात्र रु ४५ करोड ७२ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार, “पछिल्लो समय विद्युतीय सवारीसाधनप्रतिको माग तीव्र रूपमा बढेको छ । नेपाल भित्रिने मुख्य प्रवेशद्वारका रूपमा वीरगञ्ज नाकाले अब ठूलो हिस्सा ओगट्न थालेको छ ।”
गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस नाकाबाट रु १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए। सो अवधिमा रु ९ करोड ११ लाख राजस्व सङ्कलन भएको थियो ।
यसै अवधिमा विद्युतीय दुईपांग्रे सवारीसाधनको आयात पनि उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु २८ करोड ७९ लाख मूल्यका २,१९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत वर्षको सोही अवधिमा भने रु २१ करोड १७ लाख मूल्यका १,४८१ वटा मात्र मोटरसाइकल आयात भएका थिए ।
भन्सार कार्यालयका अनुसार देशमा विद्युतीय सवारीसाधनप्रतिको चासो बढ्दै जाँदा वातावरणमैत्री यातायात प्रणालीतर्फको संक्रमण पनि तीव्र गतिमा अघि बढिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य