विद्युतीय चार्जिङ स्टेसनमार्फत प्रदूषण नियन्त्रणसँगै रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ
जलसरोकार
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनले प्रदूषण नियन्त्रणसँगै युवालाई रोजगारी दिने अवसर सिर्जना गर्ने बताएका छन् ।
काठमाडौंको सामाखुसीमा चेन्ज डिजिटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले त्यस्ता स्थान वरपर होटल, रेष्टुरेन्ट, कफीसप सञ्चालन गर्न सकिने र त्यसबाट रोजगारी सिर्जना हुने बताए ।
उनले नेपालमा उत्पादित जलविद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको आयात घटाउन सकिने उल्लेख गर्दै विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने र हरित अर्थतन्त्रतर्फ लैजान सकिने स्पष्ट पारे ।
सरकारले सन् २०३० सम्ममा निजी सवारीको ९० प्रतिशत र सार्वजनिक सवारीको ७० प्रतिशत विद्युतीय बनाउने लक्ष्य राखेको छ। सन् २०३५ मा क्रमशः ९५ र ९० प्रतिशत पुर्याउने योजना छ ।
हाल नेपाल विद्युत प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ भने निजी क्षेत्रका करिब ८०० स्टेसन सञ्चालनमा छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि दिगो ऊर्जा च्यालेञ्ज फण्डमार्फत १८ कम्पनीसँग ४५ आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन स्थापना गर्न सहयोग पुर्याएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित
-
राष्ट्र बैंकलाई थप स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले