जलसरोकारका प्रधान सम्पादक विकास थापा सम्मानित
जलसरोकार
बुटबल : जलसरोकार डट कम का प्रधान सम्पादक विकास थापा सम्मानित भएका छन् । भिजन लुम्बिनी ऊर्जा कम्पनीले आफ्नो सातौं वार्षिक साधारण सभाका अवसरमा आज शनिबार बुटबलमा आयोजित कार्यक्रममा प्रधान सम्पादक थापालाई सम्मान गरेको हो ।
थापाले पत्रकारिताको माध्यमबाट मुलुकको जलस्रोत र ऊर्जा क्षेत्रमा पुर्याएको योगदानको कदर सम्मान गरिएको कम्पनीले जनाएको छ ।
‘देश र समाज परिवर्तनका लागि पत्रकारिताको माध्यमबाट पुर्याएको महत्वपूर्ण योगदानका साथै भिजन लुम्बिनी ऊर्जा कम्पनीप्रति सधैं गरेको योगदानको उच्च मूल्यांकन गर्दै ससम्मान यो सम्मान पत्र प्रदान गरिएको छ,’ थापालाई दिइएको प्रशंसा पत्रमा भनिएको छ ।
कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले थापालाई प्रशंसा पत्र दिएका थिए भने कम्पनीका प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलले दोसल्ला ओढाएका थिए ।
तीन दशकदेखि पत्रकारकारिता गर्दै आएका थापाले विशेष गरी जलस्राेत, जलविद्युत् तथा ऊर्जा क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
यसैगरी जलविद्युत् राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारीलाई पनि भिजन लुम्बिनी ऊर्जा कम्पनीले सम्मान गरेको छ ।
नेपालमा निजी क्षेत्रबाट पहिलो जलविद्युत् निर्माण गरी जलविद्युत्मा निजी क्षेत्रलाई प्रवेश गराउन उनले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सम्मानित भण्डारीले भिजन लुम्बिनी ऊर्जा कम्पनीको सम्मानले आफूलाई अझ बढी जिम्मेवार तुल्याएको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य