सिंचाइको मिटर रिडिङका कारण मधेसमा विद्युत् चुहावट घट्यो
जलसरोकार
काठमाडौं : यसपालि मधेश प्रदेशमा विद्युत् चुहावट घटेको छ ।
विद्युत् प्राधिकरणले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार आव २०८०/८१ मा मधेशको वितरणतर्फको चुहावट १५.२९ प्रतिशत रहेकोमा आव २०८१÷८२ मा १४.०५ कायम भएको छ ।
प्राधिकरणको मधेश प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार यसरी चुहावट घट्नुमा सिंचाईको मिटर रिडिङ र लामा वितरण लाइनलाई छोटो पारिनु मुख्य कारण हो ।
मधेस प्रदेशमा पुराना र कम क्षमतामा ११ केभीका वितरण लाइन सय किलोमिटरभन्दा लामा छन् ।
विद्युत् प्राधिकरणले मधेस प्रदेशमा ३३ केभीका लाइन थप गरेका कारण सिंगो प्रदेशको चुहावटमा १.२४ प्रतिशत घट्न गएको हो । यसले गर्दा प्राविधिक चुहावट पनि केही घट्न गएको यादवले बताए ।
गत वर्ष मधेश प्रदेशले २ अर्ब ८२ करोड ८२ लाख युनिट बिजुली पाएको थियो । त्यसमध्ये २ अर्ब ४३ करोड ७ लाख युनिट बिक्री भएको थियो । यसरी प्राप्त गरेको ऊर्जामध्ये ३९ करोड ७४ लाख युनिट चुहावट भएको हो ।
मधेस प्रदेशको कुल चुहावटमा प्राधिकरणको वार्षिक आम्दानी प्रतियुनिट ९.६८ रुपैयाँका दरले हिसाब गर्दा ३ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ नाश भएको देखिन्छ ।
मधेश प्रदेशमा वितरण संरचना निकै पूराना, वितरण लाइन लामो, पुराना ट्रान्सफर्मर र कण्डक्टर (तार) आदिका कारण प्राविधिक चुहावट उच्च रहेको यादव बताउँछन् ।
यादवका अनुसार विगतका तुलनामा मधेस प्रदेशमा विद्युत् चोरी उल्लेखनीय रुपमा घटेको छ । ‘मानिसहरुका आम्दानी बढ्दो छ, दुई, तीन सय रुपैयाँका लागि बिजुली चोरेर जोखिम लिन नचाहेको देखिएको छ,’ यादवले भने, ‘उपभोक्ताको हुकिङ गर्ने प्रवृत्तिमा निकै कमी आएको छ, एकाध ठाउँमा अद्यापि छ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्