सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी सुविधा

जलसरोकार
सोमबार, पुस १४, २०८२ | १२:२३:०५ बजे

 

गुल्मी : गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा सोलार लिफ्ट प्रविधिबाट ३२७ घरधुरीमा खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौँदेखि खानेपानीको समस्यासँग जुध्दै आएका स्थानीयलाई जलस्रोतबाट घरदैलोमा पानी पुग्ने व्यवस्था गरिएको हो ।

सोलार लिफ्ट खानेपानी परियोजनामा लुम्बिनी प्रदेशबाट रु १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट रु ५५ लाख ३३ हजार, ग्रामीण प्रविधि केन्द्रबाट रु २९ लाख ६१ हजार, गुल्मीदरबार गाउँपालिकाबाट रु २२ लाख, वाइन टु वाटर नेपालबाट रु ५५ लाख ६२ हजार, साथै स्थानीय उपभोक्ताको श्रमदान रु २४ लाख बराबरको लगानी भएको अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।

उक्त परियोजना ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गरी सम्पन्न भएको हो । यसले बलिथुमका घरघरमा खानेपानी पु¥याउने मात्र नभई जलवायु परिवर्तन उत्थानशिलतामा पनि योगदान दिएको उपाध्यक्ष तारा थापा ढेँगाले बताए ।

स्थानीय सरकारसँग मात्र सम्भव नहुने काममा दातृ निकायको सहयोगले परियोजना सफल भएको भन्दै स्थानीय बासिन्दाले यसलाई स्वागत गरेका छन् । परियोजनाले वर्षौँको पानी अभाव हटाउँदा दैनिक जीवन सहज भएको प्रतिक्रिया पनि दिएका छन् ।

यसैगरी, गुल्मीमा सोलार लिफ्ट प्रविधि प्रयोगका अन्य योजनाहरूमा पनि उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।

प्रकाशित मिति : सोमबार, पुस १४, २०८२ | १२:२३:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया