सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी सुविधा
जलसरोकार
गुल्मी : गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा सोलार लिफ्ट प्रविधिबाट ३२७ घरधुरीमा खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौँदेखि खानेपानीको समस्यासँग जुध्दै आएका स्थानीयलाई जलस्रोतबाट घरदैलोमा पानी पुग्ने व्यवस्था गरिएको हो ।
सोलार लिफ्ट खानेपानी परियोजनामा लुम्बिनी प्रदेशबाट रु १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट रु ५५ लाख ३३ हजार, ग्रामीण प्रविधि केन्द्रबाट रु २९ लाख ६१ हजार, गुल्मीदरबार गाउँपालिकाबाट रु २२ लाख, वाइन टु वाटर नेपालबाट रु ५५ लाख ६२ हजार, साथै स्थानीय उपभोक्ताको श्रमदान रु २४ लाख बराबरको लगानी भएको अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए ।
उक्त परियोजना ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गरी सम्पन्न भएको हो । यसले बलिथुमका घरघरमा खानेपानी पु¥याउने मात्र नभई जलवायु परिवर्तन उत्थानशिलतामा पनि योगदान दिएको उपाध्यक्ष तारा थापा ढेँगाले बताए ।
स्थानीय सरकारसँग मात्र सम्भव नहुने काममा दातृ निकायको सहयोगले परियोजना सफल भएको भन्दै स्थानीय बासिन्दाले यसलाई स्वागत गरेका छन् । परियोजनाले वर्षौँको पानी अभाव हटाउँदा दैनिक जीवन सहज भएको प्रतिक्रिया पनि दिएका छन् ।
यसैगरी, गुल्मीमा सोलार लिफ्ट प्रविधि प्रयोगका अन्य योजनाहरूमा पनि उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयका सय दिन : बिजुली होइन, अन्योल उत्पादन
-
साताको पहिलो कारोबारमै नेप्से २६.२९ अंकले घट्यो, सबै उपसमूह राताम्य
-
लगातार दोस्रो दिन घट्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
-
गत साता सामान्य सुधार गरेको नेप्से, यस साता कुन दिशामा जाला?
-
मनसुन सक्रिय, आज पनि देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना