डा. त्रिलोचन उप्रेतीका जलस्रोतसम्बन्धी दुई पुस्तक लोकार्पित

काठमाडौं : नेपाल सरकारका पूर्व सचिव डा. त्रिलोचन उप्रेतीका जलस्रोतसम्बन्धी दुई पुस्तक ‘अन्तर्राष्ट्रिय कान ुन र नेपालको जलस्रोत’ र त्यसैको अंग्रेजी संस्करण ‘इन्टरनेशनल ल एण्ड नेपाल्स वाटर रिसोर्सेस’ लोकार्पण भएको छ ।
सर्वाेच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पूर्व सचिव डा द्वारिकानाथ ढुंगेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगाप्रसाद उप्रेती, जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठ, पत्रकार विकास थापा र स्वयं लेखकले हिजो साँझ प्रज्ञा भवनमा आयोजित एक समारोहमा उक्त पुस्तकहरु एकसाथ लोकार्पण गरे ।
लेखक उप्रेतीको यो १२ औं पुस्तक हो ।
प्रधानन्यायाधीश राउतले डा. उप्रेतीको किताब जलस्रोत क्षेत्रमा भए गरेका राम्रा-नराम्रा अभ्यासहरुलाई उल्लेख गर्दै जसले सुशासनको जवाफदेहिता वहन गर्नुपर्ने हो तिनका लागि, प्राज्ञिक तथा बौद्धिक वर्ग, कानुनका विद्यार्थी र अध्येताका लागि उपयोगी हुने कुरामा शंका गर्नुपर्ने ठाउँ नरहेको बताए ।

पूर्व जलस्रोत सचिव तथा लेखक डा. द्वारिकाथ ढुंगेलले लोकार्पित किताब मुलुकका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै नेपालले जलस्रोत विकासका लागि अपनाउनुपर्ने रणनीतिका लागि उपयोगी हुने बताए ।
अर्का विश्लेषक रत्नसंसार श्रेष्ठले नेपालमा बाँध बनाएर नियमन गरिएको पानीको मूल्य तटीय राष्ट्रले तिर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति उप्रेतीले पनि पुस्तकले लेखकका अनुभव समेटी लेखिएकाले यस क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।
लेखक डा. उप्रेतीले नेपालको जलस्रोतका क्षेत्रमा भोगिएका र देखिएका पक्षहरुलाई समेटेर आगामी पुस्ताका लागि मार्गदर्शन बन्न सक्ने आफ्नो अपेक्षा रहेको बताए ।
पुस्तकमा लेखकले भारत र बंगलादेशसँग जलस्रोतको साझेदारी गर्नका लागि तटीय मुलुकहरुले अन्तर्राष्ट्रिय कानुन तथा अभ्यासअनुसार सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले बिजुलीभन्दा पनि पानीको महत्व अधिक रहेको र मुलुकको विकास जलस्रोतबाटै हुने उल्लेख गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच