‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ मा देखिएको समस्या समाधानका लागि छलफल
जलसरोकार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ विद्युत् भुक्तानी विवाद मिलाउन सरोकार भएका निकायसँग छलफल गरेका छन् ।
निजी उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ वापतको शुल्क नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिजुली काट्न सुरू गरेपछि भएको विवादलाई समाधान गर्न मन्त्री खड्काले बुधबार नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँग छलफल गरेका हुन् ।
उनले भुक्तानी विवाद भोलिसम्म नित्कर्षमा पु¥याउन दुवै पक्षलाई आग्रह गर्ए। “विद्युत् भुक्तानी विवादलाई व्यावहारिक ढङ्गले टुङ्गोमा पुर्याउन समाधानको उपायसहित अगाडि बढ्नुपर्छ । यसका लागि दुवै पक्षले गम्भीरतापूर्वक छलफल गरी भोलीसम्ममा निष्कर्षमा पुग्नुस्, यसमा मन्त्रालयको तहबाट गर्नुपर्ने सहयोगका लागि हामी तयार छौँ”, मन्त्री खड्काले भने ।
छलफलमा मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, मन्त्रालयका सहसचिव तथा उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड