ठूला जलविद्युत् आयोजना अगाडि बढाउनेबारे छलफल
जलसरोकार
काठमाडौँ, : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका हुन् ।
मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेको मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
बैठकमा माथिल्लो कर्णाली, बूढीगण्डकी, वेतन कर्णाली, अरुण तेस्रो, पश्चिम सेती जलविद्युत्जस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो । 'ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउनका लागि आवश्यक पर्ने लगानी, पूर्वाधार, कानुनी रुपरेखासहित विषयलाई समन्वयनात्मक तवरले अगाडि बढाउन बारेमा छलफल भएको छ,' वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले भने ।
बैठकमा जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमा समेत छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मन्त्रालयका अर्थ विज्ञ अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बजेटका सकारात्मक व्यवस्था स्वागतयोग्य छ : निर्यात व्यवसायी
-
नेप्से २२.२१ अंकले बढ्यो, कालिन्चोक हाइड्रोपावरमा सकारात्मक सर्किट
-
एक महिनाभित्र चार कम्पनीका सेयरको लकइन अवधि सकिँदै, लाखौं कित्ता सेयर कारोबारयोग्य बन्ने
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय ( सूचिसहित)
-
नेपालको ऊर्जा सुरक्षा : चुनौती, अवसर र आत्मनिर्भरताको मार्ग
-
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो