मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधानका लागि संघीयमन्त्रीहरुबीच छलफल
जलसरोकार
काठमाडौँ: लगातारको खडेरीले मधेस प्रदेशमा खानेपानी र सिँचाइको गम्भीर अभाव भएपछि चार मन्त्रालयका शीर्ष तहका मन्त्रीहरूले समस्या समाधानका लागि सोमबार संयुक्त बैठक गरेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया सहभागी उक्त बैठक ऊर्जा मन्त्रालयमा सम्पन्न भएको हो ।
बैठकमा चारवटै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। मन्त्री अधिकारीले वर्षा नहुँदा मधेसका आठ जिल्लामा रोपाइँ ठप्प भएको उल्लेख गर्दै समस्या अध्ययनका लागि टोली खटाइएको जानकारी दिए । “टोलीको सुझावका आधारमा मन्त्रालयले आवश्यक योजना अघि बढाउनेछ,” उनले भने, ।
बैठकले खानेपानी र सिँचाइ समस्या शीघ्र पहिचान गरी समाधान खोज्न चार मन्त्रालयका सहसचिवहरू सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले यथाशीघ्र प्रतिवेदन पेस गर्नेछ ।
जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले तराई क्षेत्रमा हाल करिब ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको जानकारी दिँदै भूमिगत जलको दीर्घकालीन प्रयोगमा जोड दिए ।
ऊर्जा मन्त्री दीपक खड्काले जनताको आधारभूत आवश्यकता पूरा गर्न मन्त्रालयहरूबीच समन्वय गर्दै शीघ्र कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । “समस्या दीर्घकालीन बनिनुहुँदैन, समाधान तत्काल गर्नुपर्छ,” उनको भनाइ थियो ।
मन्त्री अधिकारीले भने, “किसानलाई मल, बीउ जति चाहिन्छ, त्योभन्दा पहिला आवश्यक पर्छ पानी । त्यसैले खानेपानी र सिँचाइको समस्या सरकारको उच्च प्राथमिकतामा छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता