विद्युत् विकास विभागका महानिर्देशक मण्डलद्वारा आधा तलब शहीद सहयोग कोषमा दिने घोषणा
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री कुलमान घिसिङले गत भदौ २० गते पदभार ग्रहण गर्दै कुनै पनि सरकारी सुविधा नलिने र आफ्नो सम्पूर्ण तलब तथा भत्ता शहीद सहयोग कोषमा जम्मा गर्ने घोषणा गरेका थिए।
मन्त्री घिसिङको उक्त निर्णयबाट प्रेरित हुँदै विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डलले पनि सोही दिन विभागका कर्मचारीलाई भेला गरी आगामी निर्वाचनसम्म आफ्नो मासिक तलबको ५० प्रतिशत सोही कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। उनले सहकर्मी कर्मचारीहरुलाई पनि यस सत्कार्यमा सहभागी हुन आह्वान गरेका छन्।
‘शहीदको सम्मानका लागि मैले मेरो आधा तलब शहीद सहयोग कोषमा दिने निर्णय गरेको हुँ,’ महानिर्देशक मण्डलले बिहीबार जलसरोकारसँग भने, ‘मन्त्रीज्यूको पुनीत कार्यले अन्य कर्मचारीलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले मैले यो कदम चालेको हुँ।’
यसै क्रममा मण्डलले सहयोग गर्न इच्छुक कर्मचारीहरुलाई विभागको लेखा शाखामा सम्पर्क गर्न आग्रह गरेका छन्।
यद्यपि यो नयाँ उदाहरण मात्र होइन, अघिल्लो अनुभव पनि स्मरणीय छ। सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका रामेश्वर खनालले पनि आफ्नो तलब तथा भत्ता नलिने घोषणा गरेका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्