विद्युत् उत्पादन बढे पनि खपतको योजना छैन : इप्पान अध्यक्ष कार्की
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको खपत कसरी गर्ने भन्ने स्पष्ट योजना राज्यसँग नभएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत् उत्पादन मात्र बढाएर नहुने भन्दै खपत, व्यापार र निर्यातका ठोस योजना आवश्यक रहेको बताए ।
उनले दलहरूले घोषणापत्रमार्फत उत्पादित विद्युत् खपत, निर्यात तथा व्यापार सम्बन्धी नीतिहरू सुधार गर्ने प्रतिबद्धता जनाउनुपर्ने र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे ।
अध्यक्ष कार्कीका अनुसार विद्युत् उत्पादन बढेसँगै अब मुख्य चुनौती उत्पादन भएको विद्युत् व्यवस्थापन गर्ने र बजार सुनिश्चित गर्ने हो । उनले विद्युत् निर्यात तथा व्यापारमा निजी क्षेत्रलाई अवसर दिनुपर्ने मागसमेत गरे ।
‘विद्युत् उत्पादन मात्र गरेर हुँदैन, खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किनिदिने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुप-यो,’ कार्कीले भने, ‘निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिनुप-यो । निजी क्षेत्रको सुरक्षाका लागि नीति बनाउनुप-यो ।’
उनले निजी क्षेत्रको लगानीबाट उत्पादन भएको विद्युत् खपत तथा बजार सुनिश्चित गर्न राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिए । साथै ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने, व्यापार खुला गर्ने र निर्यात प्रक्रिया सहज बनाउने नीति आवश्यक रहेको उनले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य