ऊर्जा उत्पादकलाई बक्यौता रोयल्टी भुक्तानी गर्न विभागको पत्र
जलसरोकार
काठमाडौं: विद्युत् विकास विभागले रोयल्टी उठाउन छुटेका ऊर्जा उत्पादकलाई पत्र लेख्दै बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ । विभागले गत आर्थिक वर्ष २०७६÷७७ को बक्यौता रोयल्टी भुक्तानी गर्न नसकेका ऊर्जा उत्पादकलाई पत्र पठाएको हो ।
विभागका अनुसार १ सय २५ वटा कम्पनीले २४ करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । आर्थिक वर्ष २०७६/७७ सम्ममा २४ करोड ४३ लाख रुपैयाँ रोयल्टी भुक्तानी हुन बाँकी छ । विभागले एक सूचना जारी गरी प्रवद्र्धकहरुलाई बक्यौता रकम फछ्र्यौट गर्न र रोयल्टी संकलन प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।
विभागले ऊर्जा उत्पादकहरूबाट क्षमता रोयल्टी र ऊर्जा रोयल्टी सङ्कलन गर्दछ । विभागले उत्पादकबाट मासिक रुपमा ऊर्जा रोयल्टी र वार्षिक रुपमा क्षमता रोयल्टी संकलन गर्दै आएको छ ।
जलविद्युत् आयोजनाका लागि विभागले उत्पादन भएको पहिलो १५ वर्षसम्म पूर्ण क्षमता (कुल क्षमता) को २ प्रतिशत र १५ वर्षभन्दा माथिको अवधिका लागि १० प्रतिशतका दरले रोयल्टी संकलन गर्छ ।
-2-lg-1745820707.jpg)
-3-lg-1745820707.jpg)
-4-lg-1745820708.jpg)
-5-lg-1745820708.jpg)
-6-lg-1745820707.jpg)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्