डेडिकेटेड र ट्रंक लाइनको बिल सही छ : कुलमान
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले जारी गरेको डेडिकेटेड ट्रंकलाइनको बिल सही भएको बताएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरी टीओडी डाटाबाट लिएअनुसार नै बिल गरेको बताए ।
‘यो बिल सही छैन भनेर उद्योगी साथीहरु अदालत, नियमन र सार्वजनिक लेखा समिति जानुभएको थियो । सबै निकायले यो डेडिकेटेड र ट्रंकलाइनको करिब ९० मुद्दा खारेज गरेको अवस्था छ,’ घिसिङले भने ।
‘सम्मानित अदालतले अस्ति भर्खरै हिमाल आइरनको मुद्दा खारज गरेको अवस्था छ । उहाँले हामीलाई विद्युत महसुल लाग्दैन भनेर निवेदन दिएकोमा ४ वर्षछि खारेज गरिएको छ,’ उनले भने, ‘प्राधिकरणले उठाउन खोजेको बिलका सन्दर्भमा नियमन आयोगले तपाईंहरु नै किस्ता निर्धारण गर्नुस् र एक किस्ता नबुझाएसम्म लाइन नजोड्नुस् भनेर नियमन आयोगले प्राधिकरणलाई निर्देशन दिएको छ ।’
प्राधिकरण सबै बिल ठीक छैन भन्ने अवस्थामा नरहेको पनि उनले प्रष्ट पारे । ‘त्यो बिल पत्रकार र अरुलाई देखाएर समाधान हुँदैन । त्यो त अदालत र नियमन आयोगमा देखाएपछि समाधान हुने कुरा हो,’ घिसिङको भनाइ थियो ।
उनले भने, ‘सम्बन्धित निकाय सबैले हाम्रो बिललाई ठीक भनेको छ । १५ दिनभित्र उहाँहरुले त्यही बिल तिर्नुपर्नेछ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?