डेडिकेटेड र ट्रंक लाइनको बिल सही छ : कुलमान
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले जारी गरेको डेडिकेटेड ट्रंकलाइनको बिल सही भएको बताएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरी टीओडी डाटाबाट लिएअनुसार नै बिल गरेको बताए ।
‘यो बिल सही छैन भनेर उद्योगी साथीहरु अदालत, नियमन र सार्वजनिक लेखा समिति जानुभएको थियो । सबै निकायले यो डेडिकेटेड र ट्रंकलाइनको करिब ९० मुद्दा खारेज गरेको अवस्था छ,’ घिसिङले भने ।
‘सम्मानित अदालतले अस्ति भर्खरै हिमाल आइरनको मुद्दा खारज गरेको अवस्था छ । उहाँले हामीलाई विद्युत महसुल लाग्दैन भनेर निवेदन दिएकोमा ४ वर्षछि खारेज गरिएको छ,’ उनले भने, ‘प्राधिकरणले उठाउन खोजेको बिलका सन्दर्भमा नियमन आयोगले तपाईंहरु नै किस्ता निर्धारण गर्नुस् र एक किस्ता नबुझाएसम्म लाइन नजोड्नुस् भनेर नियमन आयोगले प्राधिकरणलाई निर्देशन दिएको छ ।’
प्राधिकरण सबै बिल ठीक छैन भन्ने अवस्थामा नरहेको पनि उनले प्रष्ट पारे । ‘त्यो बिल पत्रकार र अरुलाई देखाएर समाधान हुँदैन । त्यो त अदालत र नियमन आयोगमा देखाएपछि समाधान हुने कुरा हो,’ घिसिङको भनाइ थियो ।
उनले भने, ‘सम्बन्धित निकाय सबैले हाम्रो बिललाई ठीक भनेको छ । १५ दिनभित्र उहाँहरुले त्यही बिल तिर्नुपर्नेछ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्