दरमखोला हाइड्रो इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौं: दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ (प्राथमिक सेयर) निष्कासन गरेको छ । आज बिहीबारदेखि आवेदन प्रक्रिया सुरु भएसँगै सर्वसाधारणले कम्पनीको शेयरमा लगानी गर्न सक्ने भएका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत हिस्सा सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित गरिएको सेयरको बाँडफाँटपछि बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ । इच्छुक लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन्। बिक्री प्रवन्धकको भूमिकामा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
अपरिस्कृत वित्तीय विवरणअनुसार, गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक देखिएको छ ।
दरमखोला हाइड्रोले बागलुङ जिल्लाको गलकोट क्षेत्रमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिसकेको छ। आयोजनाको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ अनुमान गरिएको छ ।
यो आइपीओ जलविद्युत् क्षेत्रमा लगानी गर्न इच्छुक सर्वसाधारणका लागि अवसरको रूपमा आएको भए पनि कम्पनीको वित्तीय अवस्था र प्रतिफल जोखिममूलक देखिएकाले सूचित निर्णय आवश्यक रहने विज्ञहरूको सुझाव छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो