दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट, १०.६ प्रतिशत मात्र भाग्यमानी
जलसरोकार
काठमाडौं : दरमखोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। १५ साउनदेखि सर्वसाधारणको लागि खुला भएको आईपीओको बाँडफाँट आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गरेको हो।
कम्पनीले सर्वसाधारणका लागि २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको थियो। सोमध्ये कुल २२ लाख ९६ हजार ४६५ जनाले आवेदन दिएका थिए। आवेदन छानबिन गर्दा १३ हजार २३९ वटा आवेदन रद्द भएका छन् भने २२ लाख ८३ हजार २२६ आवेदन स्वीकृत भएका छन्।
स्वीकृत आवेदनमध्ये भाग्यशाली २ लाख ४२ हजार ३१८ जनाले सेयर पाएका छन्। तीमध्ये ५ जनाले ११ कित्ता र बाँकी सबैले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन्। यसरी, आवेदन स्वीकृत भएका मध्ये जम्मा १०.६ प्रतिशतले मात्र सेयर हात पार्न सफल भए भने करिब ८९.४ प्रतिशतको हात रित्तो रह्यो।
नतिजा iporesult.cdsc.com.npमा हेर्न सकिन्छ।
कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार, गत चैत मसान्तसम्म प्रति सेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ भने प्रति सेयर आम्दानी ३८ पैसा ऋणात्मक छ।
दरमखोला हाइड्रो इनर्जीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ अनुमान गरिएको छ, जसअनुसार प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ पर्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य