ऊजामन्त्री घिसिङ र जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता, नागढुंगा सुरुङदेखि बूढीगण्डकीसम्मकाे छलफल
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा राजदूत तोरुले मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटमा नेपाल–जापानबीचको दीर्घकालीन सहकार्य, जापानले नेपाललाई उपलब्ध गराउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, र हाल सञ्चालित आयोजनाको प्रगतिबारे छलफल गरिएको थियो ।
यस क्रममा नागढुंगा सुरुङ निर्माण, विपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना, कोटेश्वर चोक सुधार, तथा विद्युत् प्रसारण र वितरण प्रणाली सुधारलगायतका आयोजनामा आवश्यक सहयोगबारे विचार–विमर्श भएको थियो ।
मन्त्री घिसिङले जापानको सहायताप्रति धन्यवाद ज्ञापन गर्दै विद्युत् क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाट क्षमताको दूधकोशी, १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी तथा काठमाडौं उपत्यकाको दीर्घकालीन शहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीमा सहयोग गर्न आग्रह गरे ।
राजदूत तोरुले नेपालका रणनीतिक महत्वका ठूला आयोजना तथा प्राथमिकताप्राप्त क्षेत्रमा जापान सहयोग गर्न सधैं तयार रहने आश्वासन दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न