मन्त्री घिसिङ र बेलायती राजदूतबीच शिष्टाचार भेट
जलसरोकार
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । भेट सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सम्पन्न भएको हो ।
भेटका क्रममा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उक्त अवसरमा नेपाल–बेलायतबीचको पुरानो मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तन न्यूनीकरणका उपायलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री घिसिङले जेन–जी आन्दोलनपछि बनेको सरकारको मुख्य प्राथमिकता आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, आगामी आम चुनाव र सुशासन कायम गर्नु रहेको स्पष्ट गरे । उनले नेपालको आर्थिक विकासमा बेलायतले गरेको योगदानको सराहना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधन प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापना सम्बन्धी सहयोग प्रभावकारी रहेको उल्लेख गरे ।
यस्तै, उनले बेलायतमा सफल मानिएको सार्वजनिक निजी साझेदारी (एएए) लगानी मोडेललाई नेपालमा पनि लागू गर्ने, ग्रिन हाइड्रोजन प्रवद्र्धन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययनलगायतका क्षेत्रमा सहयोग आवश्यक रहेको बताए ।
नेपालको सफलता नै बेलायतको सफलता भएको उल्लेख गर्दै राजदूत फेनले आर्थिक रूपान्तरणका प्रयासमा बेलायत सधैं नेपालसँगै रहने प्रतिबद्धता जनाए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध