सेयर बजारमा लगातार गिरावट, आज १३.९६ अङ्कले घटेर २६२०.२७ को विन्दुमा कायम
जलसरोकार
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार ६२० दशमलव २७ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १५ कम्पनीको एक करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर एक लाख १२ हजार ५७७ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ बराबरको कारोबार भएको हो ।
विकास बैंक समूह एक दशमलव १९ र अन्य समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ५९ करोड ३२ लाख ९५ हजार आठ सय १६ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ९४ हजार चार सय ७१ कित्ता खरिदबिक्री भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महाकाली सिँचाइ तेस्रो चरण र चार लेन पुलको मन्त्री घिसिङबाट स्थलगत निरीक्षण
-
सुनचाँदीको मूल्य बढेकोबढ्यै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री घिसिङ
-
देशभर मौसम मुख्यतया सफा, काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री
-
कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना