भोटेकोशी-१ जलविद्युत् आयोजनाको निर्माण प्रगति सन्तोषजनक, मुख्य संरचनामा उल्लेख्य काम सम्पन्न
जलसरोकार
काठमाडौं : सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी-१ जलविद्युत् आयोजनाको निर्माण प्रगति सन्तोषजनक देखिएको छ । आयोजनाको प्राविधिक अनुगमनका क्रममा मुख्य सिभिल तथा इलेक्ट्रोमेकानिकल संरचनाहरूमा उल्लेख्य प्रगति भएको पाइएको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का तर्फबाट प्राविधिक परामर्शदाता नियुक्त TAC Hydro Consultancy Pvt. Ltd. ले हालै आयोजना स्थलको निरीक्षण गर्दै निर्माण प्रगति, प्राविधिक गुणस्तर तथा बिल प्रमाणीकरणसम्बन्धी मूल्यांकन गरेको जनाएको छ ।
सिन्धुपाल्चोकमा निर्माण भइरहेको नदी प्रवाही प्रकृतिको उक्त आयोजना इलेक्ट्रो पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरिरहेको छ ।
निरीक्षणका क्रममा आयोजनाको हेडवर्क्स, सुरुङ, भूमिगत विद्युत्गृह (अन्डरग्राउण्ड पावरहाउस कम्प्लेक्स) तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काममा उल्लेख्य प्रगति भएको पाइएको TAC Hydro Consultancy ले जनाएको छ ।
परामर्शदाता टोलीले स्वीकृत कार्यतालिकाअनुसार निर्माण प्रगतिको समीक्षा गर्नुका साथै ठेकेदारले पेश गरेका Interim Payment Certificate (IPC) बिलहरूको प्राविधिक परीक्षणसमेत गरेको थियो । परीक्षणका क्रममा सम्पन्न कामको परिमाण, गुणस्तर तथा प्राविधिक मापदण्डअनुसारको अनुपालनको मूल्यांकन गरिएको कम्पनीले जनाएको छ ।
TAC Hydro Consultancy का अनुसार उक्त निरीक्षणले ऋणदाता संस्थाहरूलाई आयोजनाको वास्तविक प्रगति, प्राविधिक अवस्था तथा आगामी कार्ययोजनाबारे स्वतन्त्र मूल्यांकन उपलब्ध गराएको छ । यसले आयोजना सम्पन्नतर्फ उन्मुख हुँदै जाँदा ऋणदाता पक्षलाई प्रभावकारी अनुगमन र निर्णय प्रक्रियामा सहयोग पुग्ने विश्वास गरिएको छ ।




लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी-१ जलविद्युत् आयोजनाको निर्माण प्रगति सन्तोषजनक, मुख्य संरचनामा उल्लेख्य काम सम्पन्न
-
चार वर्षको घाटापछि माथिल्लो तामाकोसी नाफामा, सीइओ रञ्जित भन्छन्– अब ‘ब्रेक–इभन’ टाढा छैन
-
जलविद्युत् तथा प्रसारण लाइनतर्फका ठूला आयोजना कछुवागतिमा, बुढीगण्डकी अझै निर्माणको प्रतीक्षामा
-
ठूला सिँचाइ आयोजनाको प्रगति मिश्रित, बबईमा ७९ प्रतिशत काम सम्पन्न, महाकालीमा २८ प्रतिशत मात्रै
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत बजेटमाथि छलफल
-
आर्थिक सुधारको संकेत, तर उत्पादन क्षेत्र अझै दबाबमा