१२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढ्याे
जलसरोकार
दमौली : तनहुँमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
अर्धजलाशययुक्त यस आयोजनाका लागि एसियाली विकास बैंकले २२७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ भने बाँकी लागत ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत व्यवस्थापन गरिनेछ । आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार वित्तीय संरचना सुनिश्चित भएसँगै निर्माण प्रक्रिया अघि बढाइएको हो ।
आयोजनाको बाँध बन्दीपुर गाउँपालिका-६ र देवघाट गाउँपालिका-३ मा पर्नेछ । यस्तै विद्युत्गृह, कर्मचारी आवास र मुख्य सुरुङ देवघाट गाउँपालिका-३ र ४ क्षेत्रमा रहनेछ ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ ।
यो आयोजना सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य